धादिङमा लेदोसहितको पहिरो, त्रिभुवन राजपथ अवरुद्ध


०१:३६ बजे

धादिङ । धादिङको धुनिबेंसीको सिस्नेखोलामा पहिरोसँगै आएको लेदोका कारण त्रिभुवन राजपथ अवरुद्ध बनेको छ । लगातारको वर्षासँगै आएको पहिरोले सडक अवरुद्ध भएपछि राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका छन् ।

सुरुङमार्गको प्रवेशद्धार अगाडिपट्टि पहिरो खसेको हो । नागढुंगा चेकपोष्टबाट करिब ३ सय मिटर तल नागढुंगा मन्दिर नजिक पहिरो खसेको हो । प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले पहिरो गएका कारण अहिले दुईतर्फी सडक अवरुद्ध भएको जानकारी दिए । पहिरो ठूलो भएका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएका छन् ।

पहिरोसँगै आएको लेदोमा केही गाडीहरु समेत फसेको बताइएको छ । काठमाडौं प्रवेशद्धार छेवैमा सडक अवरुद्ध हुँदा संघीय राजधानी प्रदेश गर्ने र बाहिरने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउन समय लाग्ने भएकोले काठमाडौं प्रवेश गर्ने साना सवारी धार्के–सीतापाइला सडकको प्रयोग गर्न सक्ने छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७