रक्षामन्त्री राईले गरे जङ्गी अड्डा निरीक्षण


२०८१ श्रावण २८ सोमबार १८:३१ बजे

काठमाडौं । रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा नेपाली सेनाले देखाएको दृढता सधैं प्रशंसनीय रहेको बताएका छन् । आज सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा उनले संविधान प्रदत्त जिम्मेवारी एवं अन्य चुनौतीपूर्ण कार्य निर्वाह गर्न भविष्यमा पनि सेना सफल हुने विश्वास व्यक्त गरे ।

‘नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा सङ्गठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका हुन्छ । उच्च हौसलासहित कर्तव्य पथमा समर्पित भई काम गर्नुस्,’ उनले भने । रक्षा सचिव रामेश्वर दङ्गालले सेनालाई आवश्यक पर्ने नीतिगत, प्रक्रियागत, बजेटलगायत विषयमा सहयोग एवं सहजीकरणको लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

सो अवसरमा कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देलले सेनाका मूल्य र मान्यतालाई अझ मजबुत र संस्थागत गर्नेतर्फ आफ्नो निरन्तर पहल रहने बताए । ’सेनाको कार्यजिम्मेवारी क्षमता थप अभिवृद्धि गर्न मन्त्रालयबाट प्राप्त साथ, सहयोगप्रति आभारी छौं,’ उनले भने । त्यस अवसरमा रथी वृन्दका साथै रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृत सहभागी थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७