चार जोखिमयुक्त हिमतालको पानी घटाइने, श्वेतपत्र जारी
६ नदीमा बाढी पूर्वसूचना प्रणाली
काठमाडौं : सरकारले बाढीको पूर्वसूचना प्रभावकारी बनाउन ६ प्रमुख नदी बेसिनमा निगरानी प्रणाली विस्तार गर्ने र चार जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि सारेको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले आइतबार सार्वजनिक गरेका छुट्टाछुट्टै श्वेतपत्रमा जलवायुजन्य विपद् न्यूनीकरणका लागि नयाँ रणनीति अघि सारिएको हो।
मनाङको ठुलागी, संखुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु–२ हिमतालको पानीको सतह घटाउन सन् २०२६ देखि २०३३ सम्म ४ करोड ९९ लाख अमेरिकी डलर लागतको आयोजना सञ्चालन गर्ने योजना छ।
त्यस्तै, ७५४ लाख अमेरिकी डलर होइन, ७.५४ मिलियन अमेरिकी डलर लागतको नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाअन्तर्गत ६ नदी बेसिनमा पूर्वसूचना प्रणाली जडान भइरहेको छ।
कर्णाली र नारायणीका लागि नयाँ बाढी पूर्वानुमान नमुना विकास गर्ने तथा बागमती क्षेत्रमा समुदायमा आधारित पूर्वसूचना प्रणाली निर्माण गर्ने योजना पनि छ।
मौसम पूर्वानुमानलाई थप विश्वसनीय बनाउन कृत्रिम बुद्धिमत्ता र आधुनिक प्रविधि प्रयोग गर्ने, ५०३ म्यानुअल मौसम केन्द्रलाई स्वचालित बनाउने तथा काठमाडौं उपत्यकामा मौसमी राडार जडान गर्ने प्रस्ताव गरिएको छ।
श्वेतपत्रले पूर्वसूचना स्थानीय तह र जोखिममा रहेका समुदायसम्म समयमै पुर्याउने लक्ष्य राखेको छ। तर योजनाको प्रभावकारिता बजेट, दक्ष जनशक्ति, उपकरणको मर्मतसम्भार र सरकारी निकायबीचको समन्वयमा निर्भर रहनेछ।
हेर्नूहोस् श्वेतपत्रको पूर्णपाठः
.gif)

.png)



