बंगलादेशमा बढदो संकट : प्रधानन्यायधीशपछि थप पाँच न्यायधीशले पनि दिए राजीनामा


२०८१ श्रावण २७ आइतबार २३:४८ बजे

ढाका । प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएपछि पाँच न्यायाधीशले पनि राजीनामा दिएका छन् । ढाका ट्रिब्युनका अनुसार यसरी राजीनामा दिने न्यायधीसहरुमा एम इनायतुर रहिम, अबु जफोर सिद्दिकी, मोहम्मद जहाँगीर हुसेन, मोहम्मद शाहिनुर इस्लाम र कशेफा हुसेन रहेका छन् ।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पाँच न्यायाधीशको राजीनामा स्वीकृत गरेका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन तथा न्याय महाशाखाका सचिव मोहम्मद गुलाम सरवारले शनिबार राजपत्रमा सूचना जारी गरी सो जानकारी दिएका हुन् । न्यायाधीशहरुले हिजो साँझ कानून मन्त्रालयमार्फत राष्ट्रपति समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

यसअघि हिजो दिउँसो २ः३० बजे कानुन मन्त्रालयले प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएको जानकारी दिएको थियो । बिद्यार्थीहरुले सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायधीश हसनले राजीनामा दिन बाध्य भएका हुन् । बिद्यार्थीहरुले थप पाँच जना न्यायधीशले पनि राजीनामा दिनु पर्ने शर्त राखेपछि हसन पछि थप पाँच जना न्यायधीशले राजीनामा दिएको बंगलादेशका मिडियाले जनाएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७