पेरिस ओलम्पिक : ७६ देशले जिते पदक, कुन देश शीर्ष स्थानमा ?


१०:०९ बजे

काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७६ देशले पदक जितेका छन् । मंगलबार सम्पन्न खेलपछि ४८ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७६ देशले पदक जितेका छन् । जसमा अमेरिका २४ स्वर्ण, ३१ रजत र ३१ कस्य पदक जितेर शीर्ष स्थानमा रहेको छ भने चीन २२ स्वर्ण, २१ रजत र १६ कास्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, अस्ट्रेलिया १४ स्वर्ण, १२ रजत र ९ कास्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स १३ स्वर्णसहित १६ रजत र १९ कास्य पदक जितेर चौथो स्थानमा रहेको छ । त्यसैगरी, ग्रेट ब्रिटेन १२ स्वर्ण, १५ रजत र १९ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । दक्षिण कोरियाले ११ स्वर्ण, ८ रजत र ७ काश्य पदक जितेको छ भने जापानले ११ स्वर्णसहित ६ रजत र १२ कास्य पदक जितेको छ ।

त्यसैगरी, इटालीले ९ स्वर्ण, १० रजत र ७ कास्य पदक जितेको छ भने नेदरल्याण्डसले ८ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ । जर्मनीले ८ स्वर्ण, ५ रजत र ४ कास्य पदक जितेको छ भने क्यानडाले ६ स्वर्ण, ४ रजत र ८ कास्य पदक जितेको छ । आयरल्याण्डले ४ स्वर्ण र ३ कास्य पद जितेको छ ।

त्यसैगरी, न्यूजिल्याण्ड, रोमानिया, हंगेरी र स्विडेनले ३–३ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, युक्रेन, क्रोसिया, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २÷२ स्वर्ण पदक जितेका छन् । त्यसैगरी, इजरायल, स्पेन, जर्जिया, स्वीजरल्याण्ड, काजकिस्तान, ग्रिस, दक्षिण अफ्रिका, केन्या, डेनमार्क, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, क्युबा, ग्वाटेमाला, बहराइन, अर्जेन्टिना, अल्जेरिया, चिली, डोमिनिक, इक्वेडर,  स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, र युगाण्डाले एक–एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी, अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा जमैका, मेक्सिको, उत्तर कोरिया, पोल्याण्ड, कोसोभो, टर्की, अर्मेनिया, कोलोम्बिया, इथोपिया, फिजी, मंगोलिया, थाइल्याण्ड, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, डोमिनिका अस्ट्रिया, काबो भेडे, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, लुथियाना, मलेसिया, अस्ट्रिया, इरान, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७