पेरिस ओलम्पिक : अमेरिका र चीनबीच प्रतिस्पर्धा कडा टक्कर, कसले कति पदक जिते ?


२०८१ श्रावण २६ शनिबार १३:३० बजे

 काठमाडौं । पेरिस ओलम्पिक २०२४ को स्वर्ण पदक तालिकामा अमेरिका र चीनबीच तीव्र प्रतिस्पर्धा छ । पदक तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाले ३३ स्वर्ण जित्दा दोस्रो स्थानको चीनले पनि स्वर्ण पदकको संख्या समान ३३ पुर्‍याएको छ । 

अमेरिका ३९–३९ वटा रजत र कास्य पदक जितेर कुल १११ पदकसहित शीर्ष स्थानमा छ । समान स्वर्ण पदक जितेको चीनले २७ रजत र २३ कास्य पदक जितेको छ। १८ स्वर्णसहित अस्ट्रेलिया तेस्रो, १६ स्वर्णसहित जापान चौथो र १४ स्वर्णसहित बेलायत पाँचौ स्थानमा रहँदा समान १४ स्वर्ण जितेको आयोजक फ्रान्स छैटौँ स्थानमा छ । 

जारी ओलम्पिकमा अहिलेसम्म कुल ६० देशले स्वर्ण पदक जित्दा कुनै न कुनै पदक जित्ने देशको संख्या ८६ पुगेको छ । यसैबीच अल्जेरियाकी बक्सर इमान खलिफले स्वर्णपदक जितेकी छिन् । एक वर्षअघि विश्व बक्सिङ च्याम्पियनसिपमा लैंगिक मापदण्ड परीक्षणमा अयोग्य भएकी खलीफले योपटक पेरिस ओलम्पिकमा ६६ किलोग्राम समूहमा स्वर्ण पदक जितेकी हुन् । उनले चीनकी बक्सर याङ लियुलाई पराजित गरिन् । 

पेरिस ओलम्पिकको समूह चरणमा इटलीकी बक्सर एन्जेला करिनीसँग भएको प्रतिस्पर्धापछि खलीफलाई पुरुष भन्दै विश्वव्यापीरूपमा आलोचना र विवाद भएको थियो । तर ओलम्पिक कमिटीले थप कुनै पनि निर्णय नगरी उनलाई महिलाकै रुपमा नियमित खेल्न दिएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७