बुवाको किरिया कर्म गर्दागर्दै छोराको पनि निधन


२०८१ श्रावण १५ मंगलबार ००:११ बजे

झापा । झापाको शिवसताक्षीमा दिवंगत बुबाको १३ दिने किरिया कर्म गर्न बसको एक व्यक्तिको निधन भएको छ । शिवसताक्षी नगरपालिका–११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरिया कर्ममा बसेकै समयमा निधन भएको हो ।

काजकिरिया बसिरहेको अवस्थामा घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा सोमबार साँझ निधन भएको हो । सवारी दुर्घटनामा परी घाइते बुबा दिलबहादुर घिमिरेको साउन ७ गते उपचारका क्रममा निधन भएको थियो । बुवाको आठौँ दिनको काम गर्दागर्दै जेठा छोरा गणेशको निधन भएको परिवारले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७