छुरा प्रहारबाट भाइको हत्या, दाजु गम्भीर घाइते


२०८२ श्रावण १ बिहीबार ०७:१७ बजे

इलाम । इलामको सूर्याेदय नगरपालिका–१, भालुखोपमा एक जनाको छुरा प्रहार गरी हत्या गरिएको छ । छुरा प्रहारबाट एक जना गम्भीर घाइते छन् । 

स्थानीय काजी तामाङको घरमा गए राति माइजोगमाई–२, तारसिंह गाउँ बस्ने २१ वर्षे प्रकाश चापागाईंको धारिलो हतियार प्रहारबाट हत्या गरिएको प्रहरीले जनाएको छ । मृत्तकका दाइ ३२ वर्षे निरोज चापागाईं गम्भीर घाइते छन् । प्रकाशलाई लिइ निरोज ससुरालीघर गएका बेला सूर्याेदय–१, शिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो ।

त्यसैक्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते छन् । घाइते निरोजको उपचार भइरहेको छ । शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७