एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा रमेश पौडेलको उम्मेदवारी


२०८२ श्रावण १ बिहीबार ००:५३ बजे

अष्ट्रेलिया :  गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । विगत एक दसक अघिदेखी गैर आवासीय नेपाली अभियान र आन्दोलनमा सक्रिय पौडेलले आगमी २६ जुलाईमा हुन लागेको निर्वाचनका लागि उम्मेदवारीको घोषणा गरेका हुन् ।

एनआरएनएको अष्ट्रेलिया (२०२५–२०२६) को निर्वाचन २६ जुलाईमा हुदैछ । यसअघि एनआरएनए ष्ट्रेलिया कुइन्सल्यान्डका सहसंयोजक, एनसीसी मेम्बर, लगायतका जिम्मेवारीमा सम्हालीसकेका पौडेलले अपारदर्शी निर्णय प्रक्रियाको अन्त्य गर्दै जवाफदेहिता मार्फत सामुहिकता र आपसी विश्वासको निर्माणको अजेन्डा अघि सारेका छन् । 

आफूले लहड र रहरले होइन जिम्मेवारीबोधले उम्मेदवारी दिएको पौडेलको भनाई छ । उम्मेदारी घोषणा गर्दै उनले भनेका छन्, ‘मेरो उम्मेदवारी केवल रहर वा लहडले होइन यो अभियान र आन्दोलनमा लामो समय आबद्ध रहदाका संकल्प र सपना साथमा लिएर आएको छु । विगतको अनुभव, वर्तमानको जिम्मेवारीबोध र भबिष्यको दायित्वबोध सहित आएको हुँ ।’ 

पौडेलले एनआरएनएको विगत गौरवमयी भएपनि वर्तमान चुनौतीपूर्ण रहेको उल्लेख गर्दै चुनौती सामनाको लागि आफ्नो उम्मेदवारी भएको बताए । उनले भने, ‘हाम्रा अग्रजहरुको कष्टसाध्य संघर्ष, अतुलनीय योगदान र तपाई हाम्रो क्रियाशिलताले यो संगठन आज गौरवयोग्य बनेको छ । तर अझै हाम्रो सामुन्नेमा अनेकन समस्या, अप्ठ्यारा, उल्झन र चुनौतीहरु नभएका होइनन् । हामीमाथि प्रश्नहरु पनि नभएका होइनन् । हामीले ती समस्याहरुको समधान गर्नुछ । अप्ठ्यारा र उल्झनहरुलाई सही निकास दिनुछ । हामीमाथिका तमाम प्रश्नहरुको उत्तर काम मार्फत दिनुछ ।’

पौडेलले अपारदर्शी निर्णय प्रक्रियाको अन्त्य गर्दै जवाफदेहिता मार्फत सामुहिकता र आपसी विश्वासको निर्माण, उच्च व्यावसायिकताका साथ एनआरएनए बडापत्र र मूल्य मान्यताको प्रबद्र्धन, समुदायको एकता र विश्वासमा बढोत्तरी, युवा, महिला र कम प्रतिनिधित्व भएका आवाजहरूको सक्रिय सहभागिताको लगायतका मुद्दा उठाएका छन् । 

यसैगरी अष्ट्रेलियाको आवाजलाई बढावा दिन एनआरएनए आईसीसी र विश्वव्यापी एनआरएन नेतृत्वसँग सक्रिय रूपमा सहकार्य गर्ने, नेपाल सरकारसँग व्यावहारिक, मापनयोग्य डायस्पोरा–मैत्री नीतिहरूको वकालत गर्ने, पारदर्शिता र नवीनताको लागि एनआरएनए अष्ट्रेलियालाई एक मोडेल अध्यायको रूपमा स्थापित गर्न लगायतका उनको अजेन्डा छ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७