बजेट निर्माणमा स्थानीय तहले कानुनको उल्लंघन गरे : ठाकुर गैरे


१३ असार २०८१, बिहीबार
Thakaur Gaire

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका सांसद ठाकुर गैरले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा स्थानीय तहहरुले संविधान र कानुनको उल्लंघन गरेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गैरेले संविधानले दिएको अधिकार र पालना गर्नुपर्ने कानुनलाई स्थानीय तहहरुले कायान्वयन गर्न नसकेको बताएका हुन् । उनले आगामी आर्थिक वर्ष २०८१/०८२को नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा संघीय सरकार प्रतिनिधि सभा, प्रदेश सरकार प्रदेश सभा र स्थानीय तहहरुमा संविधानको परिपालना नगरेको बताए ।

उनले प्रदेश सभा र स्थानीय तहहरुमा नीति निर्माण, बजेट निर्माणमा असङ्गति र अराजकता बढेको भन्दै सरकारको ध्यान जान जरुरी रहेको बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा लामो छलफल गरी विगतको परम्परालाई निरन्तरता जस्तै गरी बजेट पारित भएको बताए ।

उनले प्रदेशहरुमा प्रस्तुत भएर बजेट छलफलमा देखिएका विभिन्न परिस्थिति हेर्दा विडम्बनापूर्ण अवस्था रहेको बताए । उनले स्थानीय तहहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि ४३ स्थानीय तहमा बजेट पेश हुन नसक्नु राम्रो पक्ष नभएको बताए । उनले कतिपय स्थानीय तहहरुमा कुर्सी तोडफोड गर्ने अराजकता व्यवहार भएको भन्दै संघीयता कार्यान्वयनमा समस्या देखिएको बताए ।

उनले पुँजीगत खर्चमा भएको क्षमता, बजेटमा छनोटको प्राथमिकता र कार्यान्वयनको प्रक्रियामा परम्परागत नै भएको बताए । उनले केन्द्र, प्रदेश र स्थानीय तहहरुले कानुन, संविधानको पालना, कार्यान्वयन गर्ने क्षमतामा र संघीय प्रणालीको आचरण व्यवहार, मूल्य मान्यतामा र देश र जनताको हितको पक्षमा जुन प्रकारका असङ्गति देखापरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७