टी– २० विश्वकपको सुपर–८ मा आज दुई खेल हुँदै


२०८१ असार १० सोमबार ०९:३९ बजे

काठमाडौँ । जारी टी–२० विश्वकपका सुपर–८ का खेलमा आज (सोमबार) दुई खेल हुँदैछन् । आज पहिलो खेल वेष्ट इण्डिज र दक्षिण अफ्रिकाबीच हुँदैछ । एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः १५ बजेदेखि सुरु भएको छ ।

सुपर–८ मा दक्षिण अफ्रिकाले यस अघि खेलेका दुवै खेल जितेको छ भने यो खेल जितेमा सेमिफाइनलमा पुग्ने छ । त्यस्तै वेष्ट इण्डिजका लागि सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस अघि खेलेका दुई खेलमा अमेरिकालाई पराजित गरेको थियो भने इङ्ल्याण्डसँग पराजित भएको थियो ।

त्यस्तै आज अर्को खेल भारत र अस्ट्रेलियाबीच हुनेछ । सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः १५ बजेदेखि हुनेछ । भारतले सुपर–८ का दुवै खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार व्यहोरेको थियो । सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७