मन्त्री श्रेष्ठलाई किरणको आग्रह : दशरथ रङ्गशालामा खेल्न पाइयोस्, कोही विदेशिन नपरोस्


४ असार २०८१, मंगलवार
Kiran chemjong

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ) सँग कार्यकक्षमा भेटघाट गरेका छन् । नेपालका लागि १०० खेल खेल्ने पहिलो खेलाडी बनेका किरणलाई यो सफलताको लागि मन्त्री श्रेष्ठले बधाई दिएका थिए ।

भेटमा कप्तान किरणले दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने वातावरण बनाई दिन मन्त्री श्रेष्ठलाई आग्रह गरेका छन् । उनले खेल करियरपछि पनि खेलाडीलाई नेपालमा नै बस्ने वातावरण बन्नु पर्ने कुरामा पनि जोड दिए । मन्त्री श्रेष्ठले दशरथ रङ्गशालालाई व्यवस्थित बनाउन कार्यविधि नै तयार भएको जानकारी गराए ।

लामो खेल करियरमा पहिलो पटक मन्त्रीसँग भेटेर आफ्नो कुरा राख्न पाएकोमा किरणले खुशी ब्यक्त गर्दै धन्यवाद पनि दिएका थिए । साउदी अरबको दमाममा विश्वकप २०२६ छनोट अन्तर्गत दोश्रो चरणको अन्तिम खेलमा यमनविरुद्ध पहिलो रोजाइमा रहेर खेल्दा उनी एक सयौं खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७