ट्रम्प–किमले गरे दस्तावेजमा हस्ताक्षर, ट्रम्प चलाख, किम गम्भिर देखिए नयाँ पेज २०७५ जेठ २९ मंगलबार १४:३३ बजे काठमाडौं, २९ जेठ । सिङ्गगापुरमा जारी ऐतिहासिक शिखर भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले एक दस्तावेजमा हस्ताक्षर गरेका छन् । दस्तावेजमा उल्लेख विषय केहीबेरपछिको संयुक्त पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएको एजेन्सीहरूमा उल्लेख छ । भेटवार्ताको समयमा उत्तर कोरियाली नेता किम भन्दा अमेरिकी राष्ट्रपति ट्रम्प निक्कै नै चलाख देखिएका थिए । नेता किम निक्कै गम्भीर देखिएका थिए। ट्रम्पले भने ‘हामी शानदार छलफल गर्दैछौं, मलाई लाग्दैछ, हाम्रो यो भेटले सफलताको शिखर चुम्ने छ । हाम्रो सम्बन्ध सुमधुर बन्नेमा मलाई कुनै शंका छैन ।’ याे पनि पढ्नुहाेस् सिंगापुरमा ट्रम्प र किमबीच एेतिहासिक भेटवार्ता ट्रम्प–किमको सुरक्षा दिइरहेका गोर्खालीको पीडाले के देश दुख्दैन ? ट्रम्प–किमले गरे दस्तावेजमा हस्ताक्षर, ट्रम्प चलाख, किम गम्भिर देखिए ट्रम्प र किमलाई प्रफुल्लित बनाएको बहुप्रतिक्षित शिखर वार्ता (फोटोफिचर)