सन्दीपको मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ सुरु


२०८१ जेठ १ मंगलबार ११:३० बजे

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दाको सुनुवाइ उच्च अदालत पाटनमा सुरु भएको छ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर गर्न माग गर्दै सन्दीपले गरेको पुनरावेदन न्यायाधीशद्वय सुदर्शनदेव भट्ट अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो ।

यसअघि पाँच पटक पेशी तोकेर पनि सुनुवाइ हुन नसकेको सो मुद्दा आज पेशी सूचीको पहिलो नम्बरमै परेको हो । गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ । उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।

पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै सन्दीपलाई अझ बढी सजाय हुनुपर्ने माग गरी पुनरावेदन परेको छ । अदालतले दुवै पुनरावेदनलाई सँगै राखेर एकसाथ सुनुवाइ थालेको हो । यसअघि पनि एक पटक न्यायाधीश भट्टको इजलासमा सन्दीपको मुद्दा परेको थियो । गत वैशाख १० गते तोकिएको पेशीमा भट्ट र अर्का न्यायाधीश पुरुषोत्तम ढकालले मुद्दा ‘हेर्न नभ्याइने’ भनेर टारेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७