नर्सिङ कलेजको साढे ५ तलाबाट हाम फालेकी छात्रा करुणाको मृत्यु


२०८० चैत २३ शुक्रबार ०८:०८ बजे

दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट बिहीबार साँझ हाम फालेकी छात्राको मृत्यु भएको छ ।

भवनको साढे पाँच तलाबाट बिहीबार साँझ हाम फालेर गम्भीर घाइते बनेकी करुणा अधिकारीको उपचारका क्रममा ज्यान गएको हो । घाइते भएकी अधिकारीलाई उपचारका लागि काठमाडौं पुर्‍याइएको थियो । उपचारको क्रममा भक्तपुरस्थित मध्यपुर अस्पतालमा राति १२ः३० बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका ईन्सपेक्टर जीवन श्रेष्ठले जानकारी दिए ।

पोखराकी घर भएकी अधिकारी कलेजमा पिसिएल नर्सिङको पहिलो वर्षमा अध्ययनरत थिइन् । प्रारम्भिक अनुसन्धानको क्रममा छात्रा अधिकारी डिप्रेसनको बिरामी रहेको देखिएको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७