काठमाडौं, १५ जेठ : सरकारले यो वर्ष पनि कर्मचारीको तलब बढाएन तर, सरकराले कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता वितरण दिने भएको छ ।
संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५ र ७६ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा तलब नबढाई महँगी भत्ता २ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् । यसअघि महँगी भत्ता १ हजार दिँदै आएकोमा १ हजार थप गरी भत्ता २ हजार पुर्याइएको हो।
यसैगरी सरकारले कर्मचारीको पोशाक भत्ता ७ हजार रुपैयाँबाट बढाएर वार्षिक १० हजार रुपैयाँ पुर्यारएको छ। कर्मचारीको तलब पुनरावलोकन गर्न समिति गठन गर्ने पनि खतिवडाले घोषणा गरेका छन्।
कर्मचारीको बीमा २ लाख पुर्याइएको जसमा ५० प्रतिशत नेपाल सरकारले व्यहोर्ने र ५० प्रतिशत कर्मचारीले व्यहोर्ने गरी बजेटमा ब्यबस्था गरिएको छ।