केपी ओली कप : लुम्बिनीसँग गण्डकी पराजित, सशस्त्र सेमिफाइनलमा


२०८० मङ्सिर १० आइतबार २३:१५ बजे

पोखरा । पोखरामा जारी केपी ओली कप टी– २० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशले पाँच रनले हराएको छ । लुम्बिनीले दिएको १०४ रनको लक्ष्य पछ्याएको गण्डकी १८ ओभर ५ बलमा ९८ रनमा समेटियो ।

गण्डकीका लागि सुदीप अर्यालले विष्फोटक पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । अर्यालले २४ बलमा ३५ रनको उत्कृष्ट पारी खेले ।गण्डकीका कप्तान बिपिन खत्रीले १९ रन, दीनेश बुढामगरले १३ र कमल परियारले ११ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका मुहम्मद हुसेनले ४ र अजय लुनियाले ३ विकेट लिए । रमेश कुल्मीले २ र अविषेक गौतमले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । लुम्बिनीका लागि ध्रुव सुनार र नार सार्कीले २३(२३ रन बनाए । विराट भण्डारीले १६ र मिर्नल गुरुङले ११ रन जोडे । बलिङमा गण्डकीका अमृत गुरुङले सर्वाधिक ३ विकेट लिए । चन्द्र पौडेलले २ र बिपिन खत्री, सुदीप अर्याल र दीनेश बुढामगरले समान १ विकेट लिए ।

समूह बीमा गण्डकी, लुम्बिनीसहित सशस्त्र प्रहरी बल (एपीएफ) थिए । समूह बीमा एपीएफ, लुम्बिनी र गण्डकीको २–२ अंक छ । गण्डकीले एपीएफलाई ४ विकेट र एपीएफले लुम्बिनीलाई ८४ रनले पराजित गरेको थियो । गण्डकी पराजित हुँदा अंक बराबरी रहेको एपीएफ रनरेटका आधारमा सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले सेमिफाइनलमा समूह सीका विजेतासँग खेल्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७