जम्मु–कश्मिरमा बस दुर्घटना : ३९ जनाको मृत्यु


२०८० कार्तिक ३० बिहीबार १३:३० बजे

काठमाडौं । जम्मु–कश्मिरको डोडा भन्ने स्थानमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । १७ जना घाइते भएका छन् ।

सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट तल खसेको छ । बस दुर्घटनाको अनुसन्धान जारी छ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७