केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक तत्काल फिर्ता हुनुपर्छ : ठाकुर गैरे


२०८० भदौ १२ मंगलबार १६:२० बजे

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक–२०८०’ संसदबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन् ।

केही विषयमा राजनीतिक सहमतिको आवश्यकता समेत रहेकाले सो विधेयकमाथि सैद्धान्तिक छलफल नगरी सरकारले फिर्ता लिनुपर्ने उनको तर्क थियो । आज (मंगलबार) प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद गैरेले संसदमा पेश गरिएको सो विधेयक कानून निर्माणका लागि योग्य नभएकाले पनि सरकारले त्यसलाई फेरि फिर्ता लिएर पुनर्लेखन गरी संसदमा पेश गर्नुपर्ने बताए ।

उनले भने, ‘यो ८१ वटा कानुन संशोधन गर्नेगरी आएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ सही कानूनको रुपमा आउने परिस्थिति विद्यमान अवस्थामा छैन । त्यसो हुनाले आजको यो सैद्धान्तिक छलफलको प्रक्रियाबाट यसलाई फिर्ता गरेर, यसको पुनर्लेखन गरेर, केही राजनीतिक दलमा पनि छलफल गर्न आवश्यक छ । त्यो आवश्यकता अनुसारको छलफल गरेर यसलाई पुनर्लेखन गरेर यसलाई फिर्ता पठाइयोस् ।’ सांसद गैरेले सो विधेयक पुनर्लेखन नगरी संसदमा पेश गर्न मिल्ने खालको नभएको जिकिर समेत गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७