कोशीमा बहुमतको सरकार गठनका लागि आह्वान, मंगलबारसम्म समय


२०८० श्रावण १२ शुक्रबार ०६:५४ बजे

मोरङ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । आज (शुक्रबार) दिउँसो प्रदेश प्रमुख खापुङले साउन १६ गते मंगलबार साँझ ५ बजेभित्र बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि साउन १६ गते मंगलबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गर्नुभएको छ,’ प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७