अर्थतन्त्र बलियो बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ : कृषिमन्त्री भुसाल


२०८० असार १५ शुक्रबार ०३:५३ बजे

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले अर्थतन्त्रलाई बलियो बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले खुमलटारमा आयोजना गरेको २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मा उनले प्रविधि र बिउ किसानसम्म पुर्‍याएर उपलब्धि हासिल गर्नतर्फ लाग्नुपर्ने बताएका हुन् । उनले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको बताए ।

‘हाम्रो अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपर्ने छ । एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ । राज्यको तर्फबाट उपयुक्त सेवा सुविधा पुर्‍याउन नसक्दा बसाइँसराइको दर बढिरहेको छ । यस वर्ष बाँझो जमिनको उपयोग गर्ने नीति छ, सेवा सुविधा पुर्‍याउन मन्त्रालय क्रियाशील हुनेछ ’ भुसालले भने ।

उनले राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको समेत बताएका छन् । मन्त्री भुसालले कृषि सामग्री संस्थानसँग र साल्ट ट्रेडिङसँग मल पर्याप्त मौज्दात रहेको भन्दै यस वर्ष मलको अभाव नहुने दाबी गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७