कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा मदन भुजेल


२०८० जेठ २४ बुधबार ११:४७ बजे

काठमाडौँ । सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षको विम्मेवारी सहसचिव मदन भुजेललाई दिएको छ ।

आज (बुधबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव भुजेललाई अध्यक्ष तोकिएको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बुधबारको बैठकले काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय समेत गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) बमोजिम आवश्यक सेवाको हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत भएको मन्त्री शर्माले जानकारी दिइन् ।

त्यस्तै माथिल्लो मैलुङखोला जलविद्युत् लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वेको लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने समेत निर्णय सरकारले गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७