सर्लाही, २३ बैसाख । सर्लाहीको पर्सा गाउँपालिकामा एक १० वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा पर्सा गाउँपालिका–५ बस्ने ४० वर्षीय हाकिम कारी भनिन् हाकिम बैठालाई प्रहरीले पक्राउ गरेको छ ।
बैठाले शनिबार राति सोही ठाउँ घर भएकी १० वर्षीया बालिकालाई घरदेखि २ सय मिटर टाढा पोखरीको डिलमा लगेर जवरजस्ती करणी गरेको भनी पीडित बालिकाको बाबुले प्रहरीलाई खबर गरेपछि लगत्तै प्रहरीले बैठालाई पक्राउ गरेको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचारको लागि जिल्ला अस्पतालमा पठाउनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।