पार्टीको निर्देशनपछि नेबिसंघ असन्तुष्ट पक्षको बैठक स्थगित


१६:४८ बजे
काठमाडौं, २१ बैशाख । नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरासँग असन्तुष्ट पक्षले बोलाएको केन्द्रीय समितिको बैठक रोक्न कांग्रेस केन्द्रीय समितिले निर्देशन दिएको छ ।बिहीबार चलेको बैठकको बीचमा बैठक रोक्ने आदेशात्मक पत्र आएको थियो । बहुमत निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको बैठक चलिरहेको अवस्थामा पार्टी कार्यालयबाट पत्र आएको महामन्त्री काफ्लेले बताए । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बोलाएको बैठक रोक्न केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अर्को निर्देशन प्राप्त नहुञ्जेलसम्म लागि कुनै पनि बैठकको आयोजना नगर्न निर्देशन दिएका हुन् । काफ्लेको अनुसार पत्र आउनु पूर्व केही निर्णय बैठकले गरेको थियो । जसमा विधिविधान विपरित मनोमानी ढङ्गले सभापतिले पदाधिकारी, सदस्य, विश्व विद्यालय, जिल्ला, क्याम्पस, सिटिइभिटी, विदेशस्थित सम्पर्क समितिहरुमा गरिएको मनोनयन खारेज गर्नेलगायतको निर्णय भएको थियो । बैठकमा उपाध्यक्ष रामप्रसाद अधिकारी, डील्लीराम सुवेदी, प्रकाश राना, खड्क डाँगी, नवीन राई, सह महामन्त्री राजेश रौनियार, माधब ढकाल, परमेश्वर शाह, कृष्ण कार्की, ललिता सुनुवार, हरीहर शर्मा, कोषाध्यक्ष शिव रिमाल र केन्द्रीय सदस्यहरुसहित ८४ जना सहभागी भएको नेविसंघका केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिएका छन् । नेविसंघको निर्वाचित केन्द्रीय समितिका १२९ जना मध्ये ८४ जना बैठकमा सहभागी हुनुले अध्यक्ष नैनसिंह महर अल्पमतमा परेको देखिन्छ । बैठक नेविसंघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बसेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७