प्रधानमन्त्रीलाई ठाकुर गैरेको प्रश्न : अहिलेको व्यवस्था उल्ट्याउन खोज्ने को हो ?
काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यवस्थामाथि आक्रमण भयो भनी दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् ।
आज (आइतबार) को प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्रीले बैशाख १ गते पार्टी कार्यालयमा गएर व्यवस्थामा संकट आयो, उल्टिन लाग्यो भनेर के सन्देश दिन खोजेको भन्दै प्रश्न उठाएका छन् ।
‘उहाँले पार्टी अफिसमा गएर भन्नुभयो । यो विषयमा सदन सूचित हुनुपर्यो’, उनले भने, ‘कसले यो व्यवस्था उल्टाउन खोजेको ? कसको कारणले यस्तो हुन लागेको हो ?’ उनले सदनलाई प्रधानमन्त्रीले सूचित गरे चुनौती सामना गर्न सबै तयार हुनुपर्ने बताए ।
.gif)

.png)
