सरकारले मिटर ब्याजपीडितलाई फेरि धोका दियो : ठाकुर गैरे
काठमाडौं । प्रमख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद ठाकुर गैरेले सरकारले फेरि मिटर ब्याजपीडितमाथि धोकाधडी गरेको आरोप लगाएका छन् ।
आज (आइतबार) को प्रतिनिधिसभाको शून्य समयमा बोल्दै गैरेले यसअघिको आयोग खारेज गरेर सरकारले अर्को नयाँ आयोग गठन गरेर पीडितलाई अल्मल्याउने काम गरेको टिप्पणी गरे । सरकारले यसलाई सच्याएर पुरानै आयोगको सुझावअनुसार पीडकमाथि कारबाही हुनुपर्ने उनले बताए ।
‘सरकारले मिटर ब्याजपीडितहरुलाई फेरि धोका दियो’, उनले भने, ‘पीडितहरुमाथि सरकारबाट अर्को धोका भएको छ । एउटा आयोगको प्रतिवेदन लुकाएर अर्को आयोग बनाउनु पीडितहरुलाई अझै धोका दिने काम भएको छ ।’
उनले आयोगमाथि आयोग बनाउँदा पीडितहरुले न्याय पाउने भन्दा पीडकहरुलाई उन्मुक्तिको वातावरण मिल्ने पनि बताए । सांसद गैरेले शून्य समय र विशेष समयमा आएका सवालहरुबारे सरकार जवाफदेही हुन नसकेको भन्दै आपत्ति जनाए ।
.gif)

.png)
