एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने


२०७९ चैत ६ सोमबार २१:२९ बजे

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ । आज (सोमबार) बसेको एमाले संसदीय दलको बैठकले दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै छन् ।
प्रधानमन्त्री प्रचण्डमाथि विश्वास छैन : ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आफूहरुको विश्वास नभएको बताएका छन् । एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष ओलीले प्रचण्डमाथि आफूहरुको विश्वास नभएको बताएका हुन् ।

माओवादीमा रहेका अरुको कुनै दोष नभएको, तर प्रचण्डले जंगबहादुर शैलीमा पार्टी चलाउने गरेको उनले आरोप लगाए । हिजो चुनावी तालमेल गरेपछि सरकार बनाउन नचाहेको र पार्टी एकता गरेपछि टिक्न नदिएको उनको आरोप छ ।

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७