समलिङ्गी अधिकारका लागि संघर्षरत वरिष्ठ अधिवक्ताद्वारा आत्मदाह


२०७५ बैशाख ३ सोमबार ००:५६ बजे
काठमाडौं, ३ बैसाख : समलिङ्गीहरूको अधिकारका लागि बहस गर्दै आएका वरिष्ठ अमेरिकी अधिवक्ता ड्याभिड बकेलले न्यूयोर्कको एक पार्कमा पृथ्वीको विनासमा मानव जाती भूमिकाप्रति विरोध जनाउँदै आत्मदाह गरेका छन् । ६० वर्षीय बकेलले स्थानीय समयअनुसार शनिवार विहानै ब्रुकलिनको प्रोस्पेक्ट पार्कमा आत्मदाह गरेपछि उनलाई तत्कालै मृत घोषणा गरिएको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले जनाएको छ । आत्महत्या पूर्व विभिन्न अमेरिकी पत्रिकालाई गरिएको इमेलमा उनले पृथ्वीमा जे भइरहेको छ त्यसैको सङ्केत स्वरूप जैविक इन्धनको प्रयोग गरी आत्मदाह गरेको बताएका छन् । ‘वायु, माटो, पानी तथा मौसममा भएको प्रदुषणले हाम्रो धर्तीलाई विनास गरेको छ र पृथ्वीलाई बस्न अयोग्य बनाइरहेको छ’, आत्महत्या पूर्व लेखिएको इमेलमा उनले भनेका छन् । ‘धेरैजसो मानव जातीले जैविक इन्धनको प्रदुषणका कारण अस्वस्थ भएको स्वास फेरिरहनु भएको छ । नतिजा स्वरूप अल्पायुमै मर्नुपरेको छ । मेरो जैविक इन्धनको प्रयोगबाट अल्पायुमै भएको मृत्युले हामीले के गरिरहेका छौँ भन्ने कुराको वोध गराउने छ ।’ बकेलले लामोसमयदेखि अदालतमा समलिङ्गी समूहको अधिकारका लागि संघर्ष गर्दै आएका थिए । उनी समलिङ्गीहरूको संगठन ‘लाम्डा लेगल’ का वैवाहिक योजनाका निर्देशक पनि थिए । ‘ड्याभिडको मृत्युको खबर ह्दयविदारक भएको छ । यो लाम्डा लेगल सदस्य तथा सामाजिक न्यायको सम्पूर्ण आन्दोलनका लागि अपुरणनीय क्षति भएको छ’, लम्डाका कानूनी विभागका निर्देशक कमिला टेलरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । टेलरले भने, ‘ड्याभिड एक उज्ज्वल कानूनी परामर्शदाता हुनुहुन्थ्यो । उहाँले समलिङ्गी युवाहरूको अधिकारका लागि बनेको लाम्डा लेगलको स्थापनाका लागि महत्वपूर्ण योगदान गर्नुभएको थियो ।’ एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७