तेस्रो विश्व युद्धका लागि तयार हुन रुसको निर्देशन


२०७५ बैशाख २ आइतबार १६:२५ बजे
काठमाडौं, २ बैसाख : रुसको टेलिभिजन च्यानल रोसिया–२४ ले तेस्रो विश्व युद्धको आशंका व्यक्त गरेको छ । च्यानलले आफ्ना दर्शंकलाई युद्धका लागि बंकरमा खानापिनको सामान राख्नका लागि आग्रह गरेको छ । टेलिभिजनले जनतालाई पर्याप्त मात्रामा आयोडिनको व्यवस्था गर्न सल्लाह दिएको छ । विकिरणको खतराबाट बच्नका लागि टेलिभिजनले जनतालाई यस्तो आग्रह गरेको हो । सिरियाको हमलाको विषयलाई लिएर अमेरिका र रुसबीचको तनावमा वृद्धि भएको छ । रोसिया–२४ को सल्लाहले रुसले तेस्रो विश्व युद्धका लागि तयारी गरेको संकेत गरेको छ । टिभीले बंकरमा कुन सामान राख्ने र कुन नराख्ने भन्ने जानकारी दिएको छ । टिभीले बंकरमा चामल राख्नका लागि आग्रह गरेको छ । किनकी यो ८ वर्षसम्म सुरक्षित रहन सक्छ । यसका साथसाथै टिभीले बंकरमा औषधिको व्यवस्था गर्नका लागि पनि सल्लाह दिएको छ । गृहयुद्धमा होमिएका सिरियामा क्षेप्यास्त्र हमला शुरु भएको छ । सिरियामा भएको रासायनिक हमलाको जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्षेप्यास्त्र हमलाको आदेश दिएका थिए । यो आदेशपछि राजधानी दमास्कसमा शनिबार १ सय भन्दा बढी क्षेप्यास्त्र प्रहार भएका छन् । सिरियाबिरुद्ध भएको यो हमलामा अमेरिकाको साथमा फ्रान्स र बेलायत पनि लागेका छन् । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७