तेस्रो विश्व युद्धका लागि तयार हुन रुसको निर्देशन
सिरियाको हमलाको विषयलाई लिएर अमेरिका र रुसबीचको तनावमा वृद्धि भएको छ । रोसिया–२४ को सल्लाहले रुसले तेस्रो विश्व युद्धका लागि तयारी गरेको संकेत गरेको छ । टिभीले बंकरमा कुन सामान राख्ने र कुन नराख्ने भन्ने जानकारी दिएको छ । टिभीले बंकरमा चामल राख्नका लागि आग्रह गरेको छ । किनकी यो ८ वर्षसम्म सुरक्षित रहन सक्छ । यसका साथसाथै टिभीले बंकरमा औषधिको व्यवस्था गर्नका लागि पनि सल्लाह दिएको छ ।
गृहयुद्धमा होमिएका सिरियामा क्षेप्यास्त्र हमला शुरु भएको छ । सिरियामा भएको रासायनिक हमलाको जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्षेप्यास्त्र हमलाको आदेश दिएका थिए । यो आदेशपछि राजधानी दमास्कसमा शनिबार १ सय भन्दा बढी क्षेप्यास्त्र प्रहार भएका छन् । सिरियाबिरुद्ध भएको यो हमलामा अमेरिकाको साथमा फ्रान्स र बेलायत पनि लागेका छन् । एजेन्सी .gif)

.png)

