प्रकाश दुतराजले लेखे, ‘कोठाभित्र आफैलाई घण्टौं थुनिदिन्छु, एकछिन हराउनु मर्नु हैन नि !’
काठमाडौं । आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दुतराजले प्रस्टीकरण दिएका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक भएको थियो ।
तर, दुतराजले ‘गलत बुझाई तथा सूचनाका आधारमा समाचार प्रकाशित’ भएको बताएका छन् । ‘कहिले अध्यारो बन्द कोठाभित्र घण्टौँसम्म आफैलाई थुनिदिन्छु, हजारौं कोशिलस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ उनले भनेका छन्, ‘यसलाई रोग भनु या मेरो विशेषता, यहि कारण पनि म आफूले आफैलाई दुःखी बनाउँछु ।
धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे । म केहि छिन हराउनु म मर्नु हैन नि ।’ उनले अगाडि भनेका छन्, ‘कसरी मार्न सक्थे र यो शरीरलाई । गलत बुझाई तथा सूचनाका आधारमा प्रकाशित समाचारले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनु हुने हजुरहरू सबै सबैमा पर्न गएको असरप्रति क्षमा माग्दछु ।’
.gif)

.png)

