मलामी जाँदा पहिरोमा बेपत्ता वडाध्यक्षसहित १३ जनाको खुल्यो पहिचान


२०७९ असोज २४ सोमबार १६:२१ बजे

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी जाँदा पहिरोले कर्णाली नदीमा बगाएका १३ जनाको पहिचान खुलेको छ ।

आइतबार दिउँसो कुकुरखोला र कर्णाली नदीको दोभानमा मलामी गएका १३ जनालाई राँचुली गाउँबाट आएको पहिरोले बगाएको थियो ।

प्रहरीका अनुसार पहिरोसँगै कर्णाली नदीमा बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षीय कालीबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३६ वर्षीय क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, ७६ वर्षीय अली शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षीय परबहादुर शाही, २४ वर्षीय नरेश शाही र २२ वर्षीय प्रशान्त शाही रहेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक माधनप्रसाद श्रेष्ठका अनुसार घटना आइतबार दिउँसोको भए पनि प्रहरीलाई सोमबार विहान ७ बजेतिर मात्रै खवर भएको थियो । ‘लाश जलाउने बेला माथिबाट आएको पहिरोमा परेर सबै जना कर्णाली नदीमा बेपत्ता भएका हुन्,’ उनले भने, ‘खोजी कार्य शुरु गरिएको छ, अहिलेसम्म कोही फेला परेका छैनन् ।’

बेपत्ता हुनेमा तिलागुफा नगरपालिका वडा नम्बर–४ राँचुलीका वडाध्यक्ष परबहादुर शाही पनि छन् । स्थानीय हेमराज शाहीको शनिवार मृत्यु भएपछि आइतबार करिब ७० जना घाटमा मलामी आएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७