हर्क र बालेनलाई दिपकराज गिरीको प्रश्न : लठ्ठी जुधाएर भाँच्यौ भने के टेक्छौ ?


२०७९ भदौ ३ शुक्रबार २२:२१ बजे

काठमाडौं : तीनदेखि सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक निराश बनेका छन् ।

काठमाडौं आएर मेयर साम्पाङ धरान फर्केपछि उनीहरुबीच घोचपेच र व्यंग्य चलिरहेको छ । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर र यसको व्यवस्थापनका विषयमा उनीहरुबीच घोचपेच चलेको हो । ‘काठमाडौंको फोहोर नउठाएसम्म चारैतर्फबाट प्रहार गर्नुपर्छ,’ सामाजिक सञ्जालमार्फ मेयर साम्पाङले पछिल्लो पटक भनेका छन् । 

यी दुई मेयरको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक निराश बनेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनीहरुले ‘लौरो’ चुनाव चिह्न पाएका थिए । सोही चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारकाे रुपमा उनीहरु निर्वाचित भएका हुन् । 

उनीहरुबीचको घोचपेच र व्यंग्यले जनताको साथ र समर्थन गुम्ने आसयसहित कलाकार दिपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकबाटै बालेन र साम्पाङलाई सचेत गराएका छन् । 

कलाकार गिरीले फेसबुकमा लेखेका छन्, ‘ लठ्ठी टेक्ने हो, आपत पर्दा बजाउने पनि हो, लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७