शेखर कोइरालाले आज पनि आफू पक्षीय नेताहरूसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज पनि आफ्नो समूहका नेताहरूसँग छलफल गर्दैछन् ।
भ्रातृ संस्थाहरू गठन गर्दा नेतृत्वले उनीहरूसँग परामर्श नगरेकोप्रति शेखर समूह असन्तुष्ट छ । सोही विषयमा समूहका नेता तथा भ्रातृ समूहका नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
दिउँसो २ बजेपछि बालुवाटारस्थित शेखरको सम्पर्क कार्यालयमा छलफल हुने नेता गुरुराज घिमिरेले जानकारी दिएका लछन् । शेखरलाई भेट्न र परामर्श गर्न भ्रातृ एवं शुभेच्छुक संस्थाका युवा नेता त्यहाँ जाँदै छन् ।
हिजो पनि शेखर समूहको वैठक बसेको थियो । वैठकले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति एकलौटी ढङ्गले अघि बढिरहेको निष्कर्ष निकाल्दै आउँदो मंसिर ४ को निर्वाचनमा पार्टीभित्र आफ्नो पक्षले ४० प्रतिशत भाग पाउनु पर्ने माग अघि सारेका थिए ।