डिपिएलमा काठमाडौंले रुपेन्देहीलार्इ ६३ रनले हरायाे


१७:४७ बजे
काठमाडौं, १९ चैत्र । रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ मा काठमाडौं गोल्डन्सले लगातार दोस्रो जित हात पारेको छ । सोमबार भएको खेलमा गोल्डन्सले रुपेन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको हो । काठमाडौं गोल्डन्सले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा १८.४ ओभरमा अलआउट भएको रुपेन्देहीले १ सय २३ रन मात्रै जोड्न सक्यो । रुपेन्देहीको लागि ओपनर प्रदीप ऐरीले अर्धशतकीय पारी खेल्नुबाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । प्रदीपले ३६ बलमा ५ चौका र ५ छक्का प्रहार ५७ रन बनाए । यस्तै सागर पुनले १८ तथा दीपक प्रसादले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । रुपेन्देहीको रासिद खानले ४ विकेट लिए । किफायती बलिङ गरेका रासिदले २.४ ओभरमा ४ रन मात्रै खर्चेका थिए । उनीसँगै ललितनारायण राजबंशीले ३ तथा साहब आलमले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८६ रन जोडे । काठमाडौंका लागि ओपनर अमित श्रेष्ठले २७ बलमा १ चौका र २ छक्काको मद्दतमा ३० रन जोडे। उनका ओपनिङ पार्टनर सुवोध भाटीले ४२ रनको योगदान गरे। उनले २५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा रनआउट हुँदा भूपेन्द्र थापाले १४ रन जोडे । विस्फोटक ब्याटिङ गरेका सनी पटेलले नटआउट ४८ रन जोडे। उनले १९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। नरेश बुढाऐरले पनि नटआउट ३० रन जोडे। उनले १८ बलमा २ चौका र २ छक्का हिर्काए। बलिङतर्फ रुपन्देहीका सुफायन मोहम्मद, विक्रम भुषास र अमरसिंह रटेउलाले १–१ विकेट लिए । जितसँगै चार अंकका साथ काठमाडौं शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो हारसँगै रुपेन्देही भने प्रतियोगिताको पुछारमा छ । काठमाडौंले यसअघि टीम चौराह धनगढीलाई पराजित गरेको थियो भने रुपेन्देही यसअघि सिवाइसी अत्तरियासँग पराजित भएको थियो।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७