सामुदायिक ‘कुकुर मार्छु’ भन्ने वडाध्यक्षविरुद्ध उच्च अदालत पाटनमा रिट


२०७९ श्रावण ४ बुधबार २०:०० बजे

काठमाडौँ । काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्कीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको छ ।
सामुदायिक ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिएका वडाध्यक्षविरुद्ध पशु कल्याण संघ नेपालका सचिव रुपक कोइराला र कोषाध्यक्ष विकेशकुमार श्रेष्ठले रिट दिएका हुन् ।

वडाध्यक्ष कार्कीले पहिले पनि आफूले सामुदायिक कुकुर मारेको र अहिले पनि औषधि खोज्दै हिंडेको भन्दै आइतबारको कार्यपालिका बैठकमा एकै दिन २५ सय कुकुर मार्ने प्रस्ताव राखेका थिए ।

यस्तो प्रस्ताव राखेका उनले जुनसुकै समयमा पनि सामुदायिक कुकुर मार्न सक्ने गरी निणर्य हुन सक्ने सम्भावना रहेको भन्दै यो विवादको अन्तिम टुंगो नलागेसम्मका लागि सोसम्बन्धी कुनै निणर्य नगर्न नगराउन निवेदकद्वयले रिटमा माग गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७