महाकाली सन्धिपछि एमसीसी सम्झौताले नयाँ चरणको राष्ट्रघात शुरु : सीपी मैनाली


२०७८ फाल्गुण १९ बिहीबार १८:५३ बजे

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले एमसीसी सम्झौता नयाँ चरणको राष्ट्रघात भएको बताएका छन् ।
बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा नेता मैनालीले जनभावना विपरीत व्याख्यात्मक घोषणाका नाममा एमसीसी सम्झौता अनुमोदनले राष्ट्रघातको नयाँ चरणलाई अनुमोदन गरेको बताएका हुन् ।

अमेरिकाले एमसीसी सम्झौता कुनै पनि हालतमा संशोधन गर्न मन्जुर नभएको पटक-पटक जानकारी दिँदै आएको र व्याख्यात्मक टिप्पणीको अन्तर्राष्ट्रिय अर्थ नभएकोले जनताको आँखामा हाल्ने छारो मात्र भएको मैनालीले जिकिर गरेका छन् ।

अन्तर्राष्ट्रिय कानुनअनुसार व्याख्यात्मक घोषणाको कुनै अर्थ नहुने उनको भनाइ छ । एमसीसी नेपालको हित विपरीत जाने, संविधानभन्दा माथि हुने दोष र प्रावधान सबै मुक्त भएको भनेर व्याख्यात्मक घोषणा अनुमोदन गरे पनि केही दोष नगएको दाबी गरे ।

‘महाकाली सन्धी गर्दा पनि ४ बुँदे सकल्प गरेर त्यसको दोष हटाइयो भनिए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन,’ नेता मैनालीले भने, ‘नेपालको सार्वभौमसत्तामाथि असर गर्ने कुनै पनि दोषहरु हटाइएको छैन । जस्ताको तस्तै छ, जनताको आँखामा छारो मात्र हालिएको हो ।’

विगतमा महाकालीलगायत धेरै राष्ट्रघाती काम भएको भन्दै मैनालीले एमसीसी सम्झौताले नयाँ चरणको राष्ट्रघात शुरु भएको दावी गरे ।
एमसीसीविरुद्ध बृहत विरोधसभा

यसैबीच एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले काठमाडौंमा बृहत विरोधसभा गर्ने भएको छ । काठमाडौंको इन्द्रचोकमा फागुन २३ गते साढे १ बजे हुने विरोध सभामा सहभागी हुन मैनालीले आह्वान गरे । संयुक्त जनआन्दोलनले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी राख्ने पनि जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७