विहेको पाँच दिनपछि पूर्व प्रेमीसँग फिल्म सुटिङ गर्दै कट्रिना


२०७८ मङ्सिर २३ बिहीबार १७:०४ बजे

मुम्बइ, २३ मंसिर । बलिउड अभिनेत्री कट्रिना कैफ आज (बिहीबार) विवाह बन्धनमा बाँधिदै छिन् । अभिनेता विक्की कौशलसँग उनले राजस्थानमा विवाह गर्दैछन् । तर विवाहको केही दिनपछि नै कट्रिनाले पूर्वप्रेमी सलमान खानसँग सुटिङ गर्ने भएकी छन् ।

बलिउड हंगामाका अनुसार टाइगर ३ को सुटिङ १३ डिसेम्बरबाट सुरु हुँदैछ । सुटिङ युरोपको रुस, टर्की र अष्ट्रियामा हुने बताइएको छ । सुटिङ क्रिसमससम्म हुने निर्माण पक्षले जनाएको छ । फिल्ममा जब्बरजस्त एक्सन रहेको बताइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७