प्रदीप नेपालले भने–म माधव नेपालको मान्छे हुँ
काठमाडौं, ३ भदौं । नेकपा एमालेका नेता प्रदीप नेपालले आफू माधव नेपालको मान्छे भएको स्पष्ट पारेका छन् । एमाले अध्यक्ष केपी ओलीसँग वैधानिक विद्रोह गरेर माधव नेपालले बुधबार नेकपा एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिँदा प्रदीपको नाम समेत केन्द्रीय सदस्यमा राखिएको छ । तर, माधवको पार्टीमा प्रदीपको नाम राखेपछि ओली पक्षले प्रदीपले एमाले नछोडेको दावी गर्दै आएको छ ।
पार्टी फुट्दा तानातानमा परेका नेता नेपालले बिहीबार आफ्नो फेसबुक पेजमा आपूु माधव नेपालको मान्छे भएको र आफ्नो कुनै कमिटी नभएकाले ६ बर्षदेखि कमिटीविहीन अवस्थामा रहेको प्रष्ट पारेका छन् । ‘म माधव नेपालको मान्छे हुँ । अहिले मेरो कुनै कमिटी छैन । ६ बर्षदेखि म कमिटीविहीन अवस्थामा छु’ प्रदीपले सामाजिक सञ्जालमा भनेका छन् ।
यता माधव नेपालको पार्टीमा केन्द्रीय सदस्यका रुपमा रहेका कृष्ण खनाल र भानुभक्त जैसीले भने बुधबार नै आफूहरु ओली पक्षमै रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत प्रष्ट पारिसकेका छन् ।
.gif)

.png)

