प्रदेश ३ को अर्थमन्त्री कैलाश ढुंगेल, अरुण नेपाल उद्योग


२०७४ फाल्गुण १६ बुधबार ०४:३७ बजे
हेटौंडा, १६ फागुन, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । एमालेबाट तीन र माओवादीबाट एकजना मन्त्री थपेर पौडेलले ७ सदस्यीय मन्त्रिपरिषद गठन गर्न लागेका हुन् । स्रोतका अनुसार एमालेबाट मन्त्री हुनेमा पोलिटव्यूरो सदस्य अरुण नेपाल नेपाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र कैलास ढुंगेल अर्थ तथा योजना मन्त्री बन्दैछन् । एमालेबाट चितवनका दावादोर्जे लामा पनि मन्त्री बन्ने चर्चा छ । एमालेबाट यसअघि केशव स्थापित भौतिक पूर्वाधार मन्त्री भइसकेका छन् । यसअघि शालिकराम जमरकट्टेल आन्तरिक मामिला तथा कानुनमन्त्री भइसकेका छन् । माओवादीबाट कुमारी मोक्तान, राजकाजी महर्जन र विशाल खड्काको नाम मन्त्रीको लागि चर्चामा छ ।    

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७