किशोरी बलात्कार आरोपमा दुई जना पक्राउ


१५:०९ बजे

झापा, २५ चैत । एक किशोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु र झापाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु नगरपालिका–५ दलदला बस्ने २८ वर्षीय रतन गिरीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार साझ पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको टोलीले झापाको मेचीनगर नगरपालिका–७ घर भएका पल्टन टुडुलाई पक्राउ गरेको छ । पल्टनले मेचीनगर–१५ लक्ष्मी डाँडामा १३ वर्षीया किशोरी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७