भारत तामिलनाडूमा शक्तिशाली आँधी, एक हजार बढीलाई सुरक्षित स्थानमा सारियो


२०७७ मङ्सिर ११ बिहीबार ०७:२७ बजे

नयाँदिल्ली, ११ मंसिर । भारतको दक्षिणी क्षेत्रमा भारी वर्षापछि आएको शक्तिशाली तुफान निवारका कारण जनजीवन प्रभावित भएको छ ।

दक्षिण भारतको तमिलनाडु र पोन्डीचेरीको कयौं क्षेत्रहरुमा भारी वर्षा र तीव्र गतिको हावासँगै निवार तुफान प्रवेश गरेकाले सर्वसाधारणलाई सचेत बनाइएको छ । आँधीबाट प्रभावित यी क्षेत्रका १ हजार स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारतमा हरेक वर्ष आउने तुफानका कारण सय भन्दा बढीको ज्यान जाने गरेको छ ।

यसैगरी यो तुफान चेन्नई र महाबलीपुरमसम्म पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तुफानका कारण सडकहरु अवरुद्ध हुनुका साथै केही घरका छानाहरु उडाएका छन् ।

ठाउँ ठाउँमा सवारी साधनहरु रुखले थिचिएका छन् । भारतीय मौसम विभागका अनुसार सो तुफान प्रतिघण्टा १ सय २० देखि १ सय ४५ किलोमिटरको दरले आउनसक्ने भन्दै ठूलो नोक्सानी हुनसक्ने चेतावनी दिएका छन् । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७