ओली-प्रचण्ड छलफल सकियो, सचिवालय बैठक आह्वान


१४:४८ बजे

काठमाडौं, १६ असोज । प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको छलफल सकिएको छ ।

आज (शुक्रबार) विहान १० बजेदेखि एक घण्टासम्म भएको दुई अध्यक्षबीचको छलफलले भोलि (शनिबार) ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिएका छन् ।

स्थायी कमिटी र सचिवालय बैठकको म्यान्डेट विपरीत ओलीले एकलौटी मुख्य सचिव र राजदूत नियुक्ति गरेको भन्दै दुई अध्यक्षबीच मतभेद चुलिएको थियो ।

आज सोही विषयका कुराकानी भएको बुझिएको छ । हिजो (बिहीबार) प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीले एकलौटी रुपमा मुख्य सचिव नियुक्ति र विभिन्न देशका राजदूत सिफारिस गरेका थिए ।

मन्त्रिपरिषद पुनर्गठनमै दुई अध्यक्षबीच कुरा नमिलिरहेका बेला ओलीले थप एकलौटी रुपमा विभिन्न नियुक्ति अगाडि बढाएपछि ओली-प्रचण्डबीच मनमुटावको अवस्था सिर्जना भएको छ ।

पार्टी सचिवालयमा छलफल र परामर्श गर्नुको सट्टा कुनै जानकारी बिना ओलीले एकलौटी रुपमा राजदूत सिफारिस गरेपछि अहिले अधिकांश स्थायी कमिटी सदस्य असन्तुष्ट देखिएका छन् ।
ओलीले गरेको एकलौट निणर्य भर्खरै दुई अध्यक्षबीच भएको सहमति र सम्झौता विपरित भएको स्थायी कमिटीका सदस्यहरुको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७