तेलको ट्याङ्करबाट १२८ किलो गाँजा बरामद, चालक–सहचालक पक्राउ


०४:१९ बजे

हेटौंडा, २१ असार । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागू औषध गाँजा बरामद गरेको छ ।

साथै प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रवहादुर रानाले जानकारी दिए ।

उनका अनुसार शनिबार बिहान ५ बजे हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको तेल बोक्ने ट्याङ्करमा लुकाई छिपाई लागू औषध गाँजा ओसार पसार गरिँदै छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आवश्यक जाँच प्रक्रिया अघि बढाएको थियो ।

प्रहरीले सो ट्याङ्करका चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–३० बस्ने २७ वर्षीय एनामुलहक देवान र सह–चालक सोही स्थान बस्ने २४ वर्षीय मोहरवान अन्सारीलाई पक्राउ गरेको जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७