पर्वतमा पहिलोपल्ट पाँच जनालाई कोरोना, स्याङ्जामा थपिए पाँच संक्रमित

पर्वत, २० जेठ । पर्वतमा पहिलोपल्ट पाँच जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पर्वतको कुश्मामा क्वारेन्टिनमा बस्दै आएका १९, २०, २१ र ४० वर्षका गरी पाँच जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यता स्याङ्जामा थप पाँच जनामा संक्रमण पुष्टि भएको छ । स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा कोरोना सङ्क्रमण भेटिएको हो ।
यस्तै स्याङजाकै बिरुवा गाउँपालिकामा २० वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको छ । सङ्क्रमित पुरुष गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका हुन् । थपिएका सङ्क्रमित सबै भारतबाट आएका हुन् ।
योसँगै स्याङजामा कोरोना सङ्क्रमितको संख्या १२ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ३७ पुगेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए । सङ्क्रमितमध्ये तीन जना निको भएर घर फर्किएका छन् ।
