चट्याङ्ग लागेर गुल्मीमा एक महिलाको मृत्यु
गुल्मी, ८ चैत । गुल्मीमा चट्याङ्ग लागेर आज (शनिबार) विहान एक महिलाको ज्यान गएको छ ।
जिल्लाको सत्यवती गाउँपालिका –३, ठूलोलुम्पेककी ३७ बर्षीया होमकला श्रीसको चट्याङ्ग लागेर ज्यान गएको हो ।
गए राति चट्याङ्ग लागेर पाल्पाको मिसन अस्पताल पु¥याइएकी श्रीसको उपचारका क्रममा शनिवार विहान मृत्यु भएको पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले जानकारी गराएका छन् । एसपी जिसीका अनुसार श्रीसको जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरिंदैछ ।