सदर चिडियाखाना भोलिदेखि बन्द

काठमाडौं, ६ चैत्र । ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना बन्द हुने भएको छ ।
कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमण नफैलियोस् भनेर शुक्रबारदेखि चिडियाखाना अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको चिडियाखानाका प्रमुख चिरत्र्जीविप्रसाद पोखरेलले जानकारी दिए।
चिडियाखाना भिडभाड हुने ठाउँ भएको र सरकारको सूचना पालना गरेर बन्द गर्ने निर्णय भएको प्रमुख पोखरेलको भनाइ छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सरकारले एसईई लगातका सहित सबै परीक्षा स्थगित पनि स्थगित गर्ने निर्णय गरेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले पनि सरकारले एसईईसहित चैतमा हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित भएको बताएका थिए ।
यस्तै सरकारले कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ । भने २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको छ।