जम्मु–कश्मिरका नेपाली : सुरक्षित तर, चिन्तित र त्रसित


२०७६ श्रावण २६ आइतबार ०७:२९ बजे

काठमाडौं, २६ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले गरेको जम्मु–कश्मिरको विशेषाधिकार खारेजलगायत निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएका बेला त्यहाँ विभिन्न पेसा व्यावसाय गर्दै आएका नेपाली आफ्नो सुरक्षालाई लिएर चिन्तित र त्रसित छन् ।

सुरक्षित रहे पनि द्वन्द्व बढ्न सक्ने अनुमानले चिन्ता थपिएको उनीहरु बताउँछन् । ‘अहिलेसम्म त्यस्तो नराम्रो केही भएको छैन, तर केही हुने हो कि भन्ने विषयले चिन्ता बढेको छ,’ जम्मुमा बस्दै आएका नरेश घतानीले भने ।

केन्द्र सरकारले गत सोमबार जम्मु–कश्मिरलाई विशेषाधिकार दिएका संविधानका धारा ३७० र ३५ (क) खारेज गरेपछि परिस्थिति अन्योलपूर्ण बनेको हो । सोमबारको निर्णयअघि नै जम्मु–कश्मिरका अधिकांश भागमा धराा १४४ मार्फत निषेधआज्ञा मात्र जारी नभइ मोबाइ, इन्टरनेट र केबल सेवासमेत बन्द गरिएको थियो ।

शनिबारदेखि जम्मु–कश्मिरमा निषेधाज्ञा हटाइएको छ । यी क्षेत्रमा धागो, औषधि, भाँडा र खाद्य उद्योग छन् । त्यहाँ नेपाली मजदुरको बाक्लो उपस्थिती छ । आइतबारदेखि फेरि बन्द हुने हल्ला चलेकाले के हुने हो भन्न सकिने अवस्था नरहेको घतानीले बताए । कान्तिपुर दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७