शीर्ष नेताको हत्या योजनाबारे विप्लवले गरे यस्तो खुलासा


२०७६ बैशाख ३० सोमबार २०:०५ बजे

काठमाडौं, ३० बैसाख । प्रतिबन्धित नेकपाका महासतिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वार्ताले आफूहरुले यठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् ।

भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तरवार्तामा सरकारले वार्ताका लागि औपचारिक आग्रह नगरेको दाबी गरे ।

‘वार्ताबाट न हामी तर्सिन्छौँ, न त वार्ताले क्रान्तिले उठाएको विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौँ,’ उनले भने । एनसेलमाथिको कार्बाहीपछि सरकारले पार्टी प्रतिबन्ध लगाएको उनको भनाइ छ ।

राजनीतिक दलका शीर्ष नेताको हत्या योजना उनको पार्टीले बनाएको भन्ने सरकारको दाबीमाथि विप्लवले खण्डन गरे । उनले यो हल्ला निराधार रहेको बताएका छन् । अन्नपूर्ण पोष्टबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७