विप्लवका विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष ढकाल पक्राउ
काठमाडौं, २७ वैसाख । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन ‘अखिल क्रान्तिकारी’ का केन्द्रीय अध्यक्ष चिरञ्जिबि ढकाल पक्राउ परेका छन् ।
प्रहरीले उनलाई शुक्रबार अनामनगरस्थित युनियन हाउसमा आयोजित एक कार्यक्रमबाट गिरफ्तार गरेको हो । युनियन हाउसमा ११ विद्यार्थी संगठनको संयुक्त कार्यक्रम थियो । फागुन २२ गते प्रतिबन्धित विप्लव माओवादीका कार्यकर्ता अहिले धमाधम पक्राउ गरिरहेका छन् ।
प्रतिबन्धको एक साताभित्रै शुरु भएको धरपकड निरन्तर छ । अहिलेसम्म ६ सयको हाराहारी विप्लवका विभिन्न संगठनका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ता पक्राउ परिसकेका छन् ।
पक्राउ परेकामध्ये केहिलाई छाडिएको छ । केहिलाई कारागार चलान गरिएको छ । आजै मात्र प्रहरीले रुकुमबाट समेत एक विप्लव नेतालाई नियन्त्रणमा लिएको छ ।