हाटबजार निर्माण भएको ५ वर्ष बितिसक्दानि सञ्चालनमा आउन सकेन


०९:०९ बजे

गुल्मी, २६ बैशाख । गुल्मीको चारिखोलामा निर्मित हाटबजार ५ वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्ने उद्देश्यले तम्घास बजार नजिकैको चारिखोलामा निर्माण गरिएको हाटबजार सञ्चालनमा आउन नसकेको हो । ०७० साल असोजदेखि सुरु भई २०७१ मा हाटबजार निमार्णको काम सकिएको थियो ।

हाटबजार सञ्चालनका लागि तत्कालीन जिल्ला कृषि विकास कार्यालयको १४ लाख, साबिकको जिल्ला विकास समितिको ८ लाख, जिल्ला पशुसेवा कार्यलय गुल्मीको १० लाख, रेसुङ्गा नगरपालिकाको ५ लाख, हालै नगरपालिकाबाट ५ लाख र केन्द्रिय बजेटबाट ५ लाख रुपैयाँ गरी कूल ४७ लाख खर्च भएको छ ।

हाटबजार भवनलाई अहिले वरिपरी तारबार गरेर ताल्चा लगाएर बन्द गरिएको छ । पहिले तम्घासको चिदिचौर रहेको हाटबजार त्यहाँ खेल मैदान बिस्तार गर्न भन्दै भत्काएर नयाँ ठाउँमा निर्माण गरिएको थियो । चिदिचौर रहुन्जेल प्रत्येक शनिवार हाटबजार बजार लाग्ने गर्दथ्यो ।

निर्माण सम्पन्न भएर पनि हाटबजार सञ्चालनमा नआएपछि स्थानीय असन्तुष्ट भएका छन् । कृषकको उत्पादन बिचौलीयाको माध्यमबाट नभई कृषक आफैले सहजरुपमा बिक्री बितरण होस भन्ने उदेश्यले हाटबजार सञ्चालन हुँदै आएको थियो ।

रेसुङगा नगरपालिकका प्रमुख डिल्लीराज भुसालले भने नगरपालिकाले हाटबजार सञ्चालनका लागि थप केही बजेटको आवश्यकता रहेको बताए । उनले प्रदेश सरकारसँग बजेटको माग गरेको र हाटबजारमा चिस्यानसहितका उपकरण पनि आवश्यक रहेकाले र नगरपालिकासँग ठूलो रकम नभएकाले बजेट माग गरिएको नगर प्रमुख भुसालले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७